मेसी बार्सिलोनाको ट्रेनिङमा फर्किए

खेलकुद

मड्रिड: स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिन खोजेका अस्ट्रेलियन स्ट्राइकर लिओनेल मेसी क्लबको ट्रेनिङमा फर्किएका छन्। उनी सोमबार नियमित क्लबको ट्रेनिङमा फर्किएका हुन्।

३३ वर्षीय मेसीले २५ अगस्टमा क्लबबाट ट्रान्सफर हुनका लागि रिलिज गरिदिन आग्रह गरेका थिए। तर क्लबले रिलिज गर्न मानेको थिएन। त्यससँगै गत शुक्रबार कुनै पनि क्लबले उनको रिलिज रकम तिर्न नसक्ने भन्दै उनी बार्सिलोनामै रहने बताइएको थियो।

मेसीले फिलिप कोटिन्होझैँ आफैँ ट्रेनिङ गर्न थालेको बताइएको छ। कोटिन्हो एक वर्षपछि जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना नै फर्किएसँगै ट्रेनिङ गर्न थालेका हुन्। क्लबका खेलाडीको कोभिड–१९ परीक्षण गर्दा गत अगस्ट ३० मा उनीहरू छुटेपछि आफैँ ट्रेनिङ बस्नुपर्ने भएको हो।

बार्सिलोनाले सेप्टेम्बर २७ मा भिल्लारियलसँग भिड्दै ला लिगाको यो सिजन सुरुवात गर्नेछ।

एजेन्सी लन्डन । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलबाट १ बिलियन कमाइ गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । बेलायती पत्रिका फोब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डोले खेल करियरमा १ अरबभन्दा बढी कमाइ गरेको हो ।रोनाल्डोले फुटबलबाट मात्रै करियरमा ६५ करोड डलर आम्दानी गर्दा बाँकी विभिन्न प्रायोजकबाट कमाएका छन् । रोनाल्डोलाई नाइकीले आजीवन प्रायोजन गरेको छ । फोब्सका अनुसार उनी युभेन्टसमा आबद्ध भएको २४ घण्टामै ५ लाख २० हजार थान जर्सी बिक्री भएको थियो । जसबाट क्लबले एकै दिनमा ६० लाख डलर आम्दानी गरेको थियो ।

रोनाल्डोको यो वर्षको आम्दानी १० करोड ५० लाख डलर रहेको थियो । फुटबलका अर्का स्टार अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीले आफ्नो करियरभर ६० करोड ५ लाखको आम्दानी गरेका छन् । फोब्सका अनुसार रोनाल्डोले गत वर्ष १ सय ५ मिलियन कमाइ गरेका थिए । यस्तै, रोनाल्डो खेल क्षेत्रबाट १ अर्ब कमाउने तेस्रो खेलाडी बनेका छन् । रोनाल्डो सर्वाधिक कमाउने खेलाडीको दोस्रो नम्बरमा रहेका छन् । उनी टेनिसका रोजर फेडेररभन्दा पछि छन् । यस्तै, फुटबलरतर्फ रोनाल्डोले लियोनल मेस्सीलाई पछि पारेका छन् । मेस्सीको कमाइ १ सय ४ मिलियन रहेको छ । यस्तै, ३५ वर्षे रोनाल्डो सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीको चौथो स्थानमा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *